काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १२ औं खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १७५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७४ रन बनाएको हो। जनकपुरको लागि दोस्रो विकेटको लागि इम्रान शेख र लोकेश बमले शतकीय साझेदारी गरे। इम्रान शेखले ४५ बलमा ५ चौका र २ छक्कासहित ५६ रन बनाए। उनी र लोकेशले दोस्रो विकेटको लागि १०७ रनको शतकीय साझेदारी बनाए। लोकेश बमले ४