यूपीआर प्रतिबद्धता कार्यान्वयनः ‘एक्सन प्लान’ बनाउँदै सरकार, रिपोर्टिङमा एकरूपता ल्याइने

  • मङगलबार १८ कात्िक २०८३ ०३:०० PM
ओखलढुंगा : संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्मा नेपालले विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) को चौथो चक्रका क्रममा प्राप्त २ सय ८४ वटा सिफारिसमध्ये नेपालले स्वीकार गरेका २ सय २५ वटा सिफारिसहरू कार्यान्वयनका लागि चौथो यूपीआर राष्ट्रिय कार्ययोजना निर्माणको गृहकार्य थालेको छ।सन् २०२६ को सुरुवातमै जेनेभामा सम्पन्न समीक्षा र त्यसपछिको प्रतिवेदन अनुमोदनका क्रममा नेपालले आफ्ना संवैधानिक तथा कानुनी दायराभित्र रहेर २ सय २५ वटा सिफारिसहरू पूर्ण रूपमा कार्यान्वयन गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको