नागरिकताविहीन शान्तिदेवीले ६२ वर्षको उमेरमा पाइन् नागरिकता

  • मङगलबार १८ कात्िक २०८३ ०३:०० PM
रुकुमपूर्व : जीवनका ६२ वर्ष बितिसक्दा पनि नेपाली नागरिकताको प्रमाणपत्र पाउन नसकेकी सिस्ने गाउँपालिका–७ नाथीगाडकी शान्तिदेवी नेपालीले अन्ततः नागरिकता पाएकी छन्। जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वकी प्रमुख जिल्ला अधिकारी कोपिला राईले उहाँलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेकी हुन्।वि.सं. २०२१ सालमा जन्मिएकी शान्तिदेवीको नागरिकता बन्न नसक्नुका पछाडि पारिवारिक तथा परिस्थितिजन्य जटिलता थिए। उनी सानै उमेरमा भारत गएकी थिइन्। पछि सिस्ने गाउँपालिका–७ मा विवाह गरेर आएकी उनको श्रीमान्को मृत