"समाजवादी मोर्चा छिट्टै बन्छ" : प्रधानमन्त्री दाहाल

काठमाडौं - प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी सहितको समाजवादी मोर्चा केही दिनमै निर्माण हुने बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मधेस प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई शनिबार सम्बोधन गर्दै प्रचण्डले माओवादी आन्दोलन र कम्युनिस्ट आन्दोलनबाट आएका सबै शक्तिलाई मिलाएर समाजवादी मोर्चा बनाउने तयारी भएको बताए।

माओवादी आन्दोलन र उपलब्धिको रक्षाका निम्ति पनि पूर्वमाओवादी शक्तिहरू एक ठाउँ आउनुपर्नेमा समेत उनको जोड थियो । उनले कम्युनिस्टहरूको बृहत्तर एकताका लागि बहस सुरू भएको र त्यसले मुर्त रुप लिने बनि दाबी गरे ।