काठमाण्डु- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट निष्कासित नेतृ उमा भुजेल १४ वर्षपछि पुरानै घरमा फर्किएकी छन्। उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीसँग एकता गरेकी छन्। तत्कालीन अवस्थामा माओवादीले चलाएको १० वर्षे जनयुद्धताका गोरखा जेल ब्रेक गरेर चर्चित बने भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरूलाई मंगलबार पेरिस डाँडामा स्वागत गरिएको हो ।