सत्ता गठबन्धनकै तर्फबाट रामसहाय प्रसाद यादवले पनि गराए उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

काठमाडौं - उपराष्ट्रपतिमा सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादवले पनि उम्मेदवारी दर्ता गरेका छन् । उनले शनिबार नयाँ बानेश्वरस्थित संसद भवनमा रहेको निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दिएका हुन् ।

सत्ता गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवार सर्वसम्मत हुन नसकेपछि यादवले उम्मेदवारी दिएका हुन् । यस्तै गठबन्धनकै तर्फबाट जनमत पार्टीकी ममता झाले पनि उम्मेदवारी दिएकी छिन् । सत्ता गठबन्धनमा उपराष्ट्रिपतिको उम्मेदवारमा सहमति नजुटेपछि दुवैले उम्मेदवारी दिएको बताइएको छ ।