काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच औपचारिक रूपमा एकता भएको छ । दुवै पार्टीले मंगलबार काठमाडौंको पेरिसडाँडास्थित नेकपाको केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरी एकताको घोषणा गरेका हुन् । एकतासम्बन्धी सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट महासचिव उमा भुजेलले हस्ताक्षर गरेका छन्