सुस्त मनस्थितिकी बालिकाको हात समाएको बहानमा एक युवकको कुटरै हत्या

सुस्त मनस्थितिकी चार वर्षीया बालिकाको हात समाएको भन्दै रौतहटमा एक युवकको कुटरै हत्या गरिएको छ । राजदेवी नगरपालिका–१ पथरा टोलका २५ वर्षीय गजेन्द्र दासको कुटपिटका कारण मृत्यु भएको हो ।

रौतहटका प्रहरीका डिएसपी उमाशंकर यादवका अनुसार बुधवार सुस्त मनस्थिति भएकी बालिकाको हात समातेपछि उनीमाथि कुटपिट भएको थियो । होलीको दिन स्थानीय गणेश यादवसहितका तीनजनाको समूहले उनलाई कुटपिट गरेको परिवारका सदस्यले जानकारी दिएका छन् । 

कुटपिटबाट गम्भिर घाईते भएको दासको बिहीबार दिउँसो मृत्यु भएको हो । सामान्य सम्झेर अस्पताल नलगेको र प्रहरीलाई पनि जानकारी नभएकाले उनको मृत्यु भएको प्रहरीको अनुमान छ। उनको मृत्यु भएपछि मात्र प्रहरीलाई खवर आएकाले अनुसन्धान सुरु गरेको प्रहरीको भनाई छ।