रामसहायको उम्मेदवारी खारेज गर्न एमालेको उजुरी

काठमाडौं - नेकपा एमालेले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवविरुद्ध उजुरी दिएको छ ।

संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक समुदाय वा लिंगबाट हुनुपर्ने व्यवस्था गरेको भन्दै एमालेले राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नसक्ने भन्दै उजुरी दिएको हो । एमाले सांसद महेशकुमार बर्तौलाले संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।