पावरप्ले : विराटनगरले १ विकेट गुमाउँदै बनायो ४६ रन

  • मङगलबार १८ कात्िक २०८३ ०२:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको १२ औं खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सले पावरप्लेमा राम्रो सुरुवात गरेको छ। किर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर किंग्सले १ विकेट गुमाउँदै ४६ रन बनाएको हो। विराटनगर किंग्सले पहिलो विकेटको रुपमा ओपनर सेहान जयसुरियाको विकेट गुमायो। सेहानले ३ बलमा १ रन बनाउँदै मोइन अलिको बलमा स्टम्पिङ आउट भए। हाल क्रिजमा लोकेश बम २३ र इम्रान शेख २१ रन बनाएर खेलिरहेका छन्। जनकपुर बोल्ट्सका लागि