काठमाडौं : सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय खरिद प्रणाली (ई-इजीपी) मा अनधिकृत पहुँच पुर्याएर विभिन्न ठेक्काका विवरण हेरफेर गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।नेपाल प्रहरीको साइबर ब्यूरोले प्राविधिक अनुसन्धान तथा विश्लेषणका क्रममा संलग्नता खुलेका तीनजनालाई पक्राउ गरेको हो । ब्यूरोका अनुसार उनीहरूले विभिन्न ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै आर्थिक प्रस्तावसम्बन्धी कागजात परिवर्तन गर्ने गरेका थिए ।यस सम्बन्धमा प्राप्त निवेदनमाथि अनुसन्धान गर्दा उनीहरूको संलग्नता खुलेपछि क