"नेपालको इतिहासलाई लुकाउन खोजियो" : अध्यक्ष ओली

 

काठमाडौं - नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको इतिहासलाई लुकाउन खोजिएको बताएका छन्।

नेक्सस इन्टरनेसनल एकेडेमीको भवन शिलान्यास कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले नेपाल भूमिबाट नै विभिन्न ज्ञानको उत्पत्ति भएपनि त्यसलाई लुकाउन खोजिएको तर्क गरे।

उनले नेपालीहरू बहादुर मात्रै नभई बुद्धिमानी पनि रहेको बताए। उनले नेपालका पुर्खाहरू जति विद्वान अन्य कतै नरहेको दाबीसमेत गरे। वेदव्यास, ऋषि विश्वामित्र, कपिलमुनी गौतम बुद्ध, पाणिनीको उदाहरण दिँदै उनीहरूको बारेमा नेपालीहरूलाई बुझाउन आवश्यक रहेको उनको भनाइ थियो।