माओवादीहरुलाई मुद्दा हाल्नु विस्तृत शान्ति सम्झौताको विपरित : उपाध्यक्ष सापकोटा

काठमाडौँँ - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडी बढाउनुपर्ने बताएका छन् । 

शनिबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले नेपाल सरकार र तत्कालिन माओवादी पार्टीका बीचमा २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताका अनुसार संक्रमणकालिन न्यायको विषय अगाडि बढ्नुपर्ने बताए ।