काठमाडौं । इरानसँग जारी द्वन्द्व अन्त्य गर्न वार्तामा प्रगति भइरहेको सङ्केत अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दिइरहेका बेला अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकाले सोमबार हर्मुज जलघाँटीमा रहेको इरानको सबैभन्दा ठूलो टापु केशममा आक्रमण गरेको हो । अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै जर्नलले पछिल्ला केही सातादेखि अमेरिकाले इरानविरुद्ध गर्दै आएको