काठमाडौं । विराटनगर किंग्सका ब्याटर इमरान शेखले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पहिलो अर्धशतक प्रहार गरेका छन् । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्ने क्रममा इमरानले ४० बलमा ५० रन पूरा गरेका हुन् । उनले आफ्नो अर्धशतक पूरा गर्ने क्रममा पाँच चौका र दुई छक्का प्रहार गरे । एनपीएलमा इमरानको