आरआर क्याम्पसमा दुई विद्यार्थी समुहबीच खुकुरी हानाहान, तीन जना घाईते

 


काठमाण्डौ - स्ववियु चुनावका कारण रत्नराज्यलक्ष्मी क्याम्पसमा खुकुरी हानाहान भएको छ। निर्वाचनका लागि उम्मेदवारी दर्ताका क्रममा विवाद भएपछि दुई विद्यार्थी समूहबीच खुकुरी हानाहान भएको हो ।

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थीले एमाले निकट अनेरास्ववियुका विद्यार्थीमाथि खुकुरी प्रहार गरेको जनाईएको छ। झडपमा अनेरास्ववियुका इकाई अध्यक्ष लोकेश खड्काले आफ्ना ३ जना विद्यार्थीहरु राज न्यौपाने, अनिल बोहरा र विवेक गैरे घाइते भएको जनाएका छन्।