उपराष्ट्रपतिको मनोनयन दर्ता आज, उम्मेदवार टुङ्ग्याउन सत्तारुढ लदहरुको बैठक बस्दै

 काठमाडौँ - चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गरिने जानकारी दिएको छ । यसैबीच उपराष्ट्रपतिको उम्मेदवार छान्नका लागि सत्ता गठबन्धन दलहरुको बैठक बस्दैछ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले ८ बजे बैठक बस्ने भएको हो ।