कर्णाली पुलमा गुडिरहेको ट्रकमा आगलागी

काठमाडौँ । पूर्व पश्चिम राजमार्ग अन्तरगत कैलाली र बर्दिया जोड्ने चिसापानीको कर्णाली पुलमा भीषण आगलागी भएको छ।

पुलमा गुडिरहेको ट्रकमा भएको आगलागीबाट पुलको लठ्ठामा सल्केको हो। सोमबार साढे ४ बजेतिर लाइटर बोकेको गुडिरहेको ट्रकमा एक्कासि आगलागी भएको प्रहरीले बताएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.५ ख ५२९७ नम्बरको मालवहाक ट्रकमा अचानक लागेको आगो कर्णाली पुलमा सल्किएको हो ।

ट्रकमा रहेका चालक र सह–चालकको उद्धार गरिएको छ। अहिले ठूलो संख्यामा प्रहरी र स्थानीय आगलागी भएको क्षेत्रमा जम्मा भएका छन् । आगो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।