राष्ट्रपति पौडेलले गरे पुष्पलालको शालिकमा माल्यार्पण

काठमाडौं - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल पार्कमा पुगेर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको शालिकमा माल्यार्पण गरेका छन् ।

उनलाई पार्कमा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव नेपाल, नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल, काठमाडौ- १० का प्रतिनिधि सभा सदस्य राजन केसी लगायतले स्वागत गरेका थिए ।