उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

 काठमाण्डौँ - उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बस्दैछ ।

बिहान साढे ८ बजे बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बस्न लागेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपतिका लागि मनोनयन प्रक्रिया सुरू हुन केही समय बाँकी रहे पनि सत्ता गठबन्धनले उम्मेदवारको टुंगो अझै लगाउन सकेका छैनन् ।
उपराष्ट्रपतिको पदमा गठबन्धनबीच उम्मेदवार टुंगो नलाग्दै जसपाले संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई अघि सारेको छ ।

जसपाले गठबन्धनबीच यो विषय निर्णय भइसकेको भन्दै यादवलाई अघि सार्दा गठबन्धन दलकै जनमत पार्टीले केन्द्रीय कार्यसमितिको निर्णयबाटै ममता झालाई अघि सारेको छ ।