सत्ता गठबन्धनबाट जनमतकी ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय

काठमाडौं - सत्तारुढ गठबन्धनले जसपालाई दिइएको वचन तोडेर जनमत पार्टीकी ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। बालुवाटारमा शनिबार बिहान बसेको १० दलीय गठबन्धनको बैठकले जनमतपार्टीकी ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जनमत पार्टीका अध्यक्ष सीके राउतले जानकारी दिए । यसअघि फागुन २६ गते बसेको जनमत पार्टीको बैठकले झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । उनी गत स्थानीय तह चुनावमा राजविराज नगरपालिकाको मेयरमा उम्मेदवार बनेकी थिइन् ।

गठबन्धनको बैठकले गरेको निर्णयमा जनता समाजवादी पार्टी (जसपा)का नेताहरूले भने असहमति जनाएका छन् ।

त्यस्तै, नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। आज बिहान बसेको एमाले केन्द्रीय सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।