इनम सापकोटासँगको भेटघाटले विवादमा तानिएका न्यायाधीश फुयाँल इजलासमा बसेनन्

  • मङगलबार १८ कात्िक २०८३ ०१:०० PM
काठमाडौं : विवादास्पद इनम सापकोटासँगको भेटघाटका कारण विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल आजदेखि इजलासमा बस्न छाडेका छन् ।  उनी मंगलबारदेखि कात्तिक २० गतेसम्म बिदामा बसेको स्रोतले बताएको थियो ।न्यायाधीश फुयाँलले कात्तिक १२ गते विज्ञप्ति जारी गर्दै न्यायपालिका र आफ्ना सम्बन्धमा सार्वजनिक भएका विवरण र समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै  न्याय क्षेत्रको शुद्धीकरण र विचलनका सम्बन्धमा भइरहेको महत्वपूर्ण अनुसन्धानप्रति मेरो पूर्ण समर्थन र सहयोग रहने बताएका थिए