काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १२ औं खेलमा विराटनगर किंग्सविरुद्ध जनकपुर बोल्ट्सले टस जितेर बलिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबारको पहिलो खेलमा जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले टस जितेर विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन्। जनकपुर र विराटनगर दुवैको यो चौथो खेल हो। जनकपुर बोल्ट्सले पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो। दोस्रो खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको थियो। तेस्रो खेलमा पोखरा