युवा गुमाइरहेछौं कि भविष्य

  • मङगलबार १८ कात्िक २०८३ ०१:०० PM
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा उभिएर केही समय वरिपरि हेर्ने हो भने नेपालको एउटा कथा देखिन्छ। हातमा राहदानी, काँधमा झोला र आँखामा भविष्यको सपना बोकेका युवा विदेशतर्फ उड्न तयार छन्। उनीहरूलाई बिदाइ गर्न आएका आमाबुवा, श्रीमान्– श्रीमती, छोराछोरी र आफन्तका आँखामा आशा र चिन्ताको मि श्रण देखिन्छ। कसैको अनुहारमा मुस्कान छ, कसैको आँखामा आँसु।विमान उड्छ, युवा विदेश पुग्छ र घरमा एउटा कोठा खाली हुन्छ। त्यो कोठा केवल एउटा कोठा होइन, त्यहाँ एउटा पुस्ताको अनुपस्थिति हुन्छ। आज नेपाल