काठमाडौं : तिहारलाई मध्य नजर गर्दै नर्सरी व्यवसायी संघ,नेपालको आयोजनामा चौथो तिहार फ्लोरा एक्स्पो मंगलबारदेखि काठमाडौंमा सुरू भएको छ । तिहारको उत्सव,फूलको महोत्सव भन्ने नाराका साथ काठमाडौंको भृकुटिमण्डपमा सुरू मेलाको कृषि,वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गरेकी हुन्। सो क्रममा मन्त्री चौधरीले नर्सरी क्षेत्रले उत्पादन वृद्धि,वातावरण संरक्षण,हरियाली प्रवर्धन, जलवायु परिवर्तनको असर न्यूनीकरण र गुणस्तरीय बिरुवा उपलब्ध गराएर युवा, महिला तथा रोजगारी र आयआर्जनको अवसर प्रदान गर्ने बताइन्