कोटेश्वरमा बसले ठक्कर दिँदा घाइते भएका सईको मृत्यु

काठमाडौँ ।  कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायब निरीक्षक (सई) को मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपचारका क्रममा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा सई टोपबहादुर खत्रीको आइतबार मृत्यु भएको हो ।

गत फागुन २० गते ड्युटीमा रहेका खात्रीलाई प्रदेश ३ –०१००५ ख ९७५५ जुनेली यातायातको बसले ठक्कर दिएको थियो । बिहान ९ बजेर ४१ मिनेटमा कोटेश्वरबाट बालकुमारीतर्फ मोडिनेक्रममा बसले ठक्कर दिँदा गम्भीर घाइते भएका खत्रीको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

ठक्कर दिने बसका चालक नवराज गिरीलाई पक्राउ गरी ‘सवारी ज्यान’सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।