कात्तिक १७, काठमाडौं । राजधानीको गोकर्णेश्वर—५ स्थित नयाँ बस्ती युवा क्लबले १ सय १८ औं देवकोटा जयन्ती एवं क्लबको ४० औं वार्षिकोत्सवको अवसरमा विगतमा झै यो वर्ष पनि स्रष्टा सम्मान कार्यक्रम गर्ने भएको छ । आगामी कात्तिक २२ मा लक्ष्मी पूजाको अवसरमा क्लब प्रांगणमा कार्यक्रम गरी प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी र निर्मल अर्याललाई सम्मान गर्न लागिएको क्लबका अध्यक्ष चन्द्रमणि गौतमले जानकारी दिनुभयो । प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवं नेपाली समालोचना क्षेत्रका शिखर व्यक्तित्व प्राध्यापक डाक्टर त्रिपाठीलाई रु