काठमाडौं : मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य सोमबारको तुलनामा ७०० रुपैयाँले बढेको हो।महासंघका अनुसार ७ सयले बढेर सुन प्रतितोला २ लाख ७५ हजार कायम भएको छ। यसअघि सोमबार प्रतितोला सुनको मूल्य २ लाख ७४ हजार ३०० रुपैयाँ पुगेको थियो।सुनको मूल्य वृद्धि भएपनि चाँदीको भाउ भने घटेको छ। महासंघका अनुसार यसदिन चाँदी ४५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सोही परिमाणको चाँदी ३ हजार ७२० रुपैयाँमा ख