काठमाडौं : बजारमा ५८ वटा ब्रान्ड र एउटै सञ्चालकका नाममा चार–पाँचवटासम्म उद्योग रहँदा पनि उपभोक्ताले सहज रूपमा खाना पकाउने (एलपी) ग्यास पाउन सकेका छैनन्। ग्यास उद्योगको संख्या र ब्रान्ड घटाएर बजार व्यवस्थित गर्ने सरकारी योजना अघि बढिरहेका बेला उद्योगीहरूले भने सबै ग्यासलाई एउटै ब्रान्डमा ल्याउने प्रस्ताव व्यावहारिक रूपमा सम्भव नभएको बताएका छन्। उद्योग मर्जर गर्ने हो भने सरकारले पहिले कानुनी संशोधन र आवश्यक नीतिगत सहजीकरण गर्नुपर्ने उनीहरूको स्पष्ट अडान छ।नेपालमा सञ्चालित