बाँदर धपाउन बन्दुक पड्काउदा एकजना घाइते

  • मङगलबार १८ कात्िक २०८३ ११:०० AM
सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१६ धर्मनगरमा बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा छर्राले लागेर एकजना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका ३३ वर्षीय उत्तम रमौली मगर रहेका छन् । मगरको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल गण्डकमा उपचार भइरहेको छ । घटनालगत्तै उनलाई अस्पताल लगिएको थियो ।स्थानीय गोविन्द ठाडा मगरले बाँदर धपाउन सोमबार साँझ भरुवा बन्दुक पड्काउँदा मगरलाई गोलीको छर्राले लागेको हो । बन्दुक पड्काउने मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको साथबाट दुई नाल भरुवा बन्दु