ल्याण्डगर्ने क्रममा फिस्टेल एयर र एयर डाइनेष्टीको हेलिकोप्टर ठोक्किए

  • मङगलबार १८ कात्िक २०८३ १०:०० AM
काठमाडौं : सोलुखुम्बुमा हेलिकोप्टर ल्याण्ड गर्नेक्रममा दुईवटा हेलिकोप्टर ठोक्किएर दुर्घटना भएका छन्।जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी नवीन राजा बुढाथोकीले आज बिहान फिस्टेल एयर र एयर डाइनेष्टीको हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको अन्नपूर्णलाई जानकारी दिए।उनले भने, 'खुम्बु पासाङल्हामु गाउँपालिकाको सगरमाथा क्षेत्रको खुम्बु उपत्यकामा अवस्थित फेरिचे हेलिप्याडमा दुर्घटना भएको हो।'उनका अनुसार विस्तृत विवरण आउन बाँकी रहेको छ।