अपिहिमाल पर्यटन महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य के हो ? अपिहिमाल प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले परिपूर्ण क्षेत्र हो। तर यहाँको सम्भावना अझै पर्याप्त रूपमा बाहिर चिनिन सकेको छैन। यही सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने, पर्यटकको आगमन बढाउने र पर्यटनबाट स्थानीय बासिन्दाको जीवनस्तर सुधार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी पर्यटन विकासको अभियानका रूपमा अघि बढाउन चाहन्छौं।अपिहिमालमा पर्यटनको सम्भावना