काठमाण्डुमा अवैध रूपमा बस्दै आएका पाँच बंगलादेशी पक्राउ, १४ थान राहदानी बरामद

  • मङगलबार १८ कात्िक २०८३ ०२:४२ AM
काठमाण्डु – काठमाण्डुका विभिन्न स्थानमा लुकिछिपी गैरकानुनी रूपमा बसोबास गर्दै आएका पाँच जना बंगलादेशी नागरिकलाई सशस्त्र प्रहरी बल, नेपालले नियन्त्रणमा लिएको छ। सोमबार साँझ सशस्त्र प्रहरी बलको एपीएफ इन्टेलिजेन्स ब्यूरो र नं. १८ गणको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा पर्नेमा बंगलादेशी नागरिक मोहम्मद कुर्वान अलि, जाहिंगिर आलम, रोनित रोय चौधरी, अकम अब्ल्लाह र