एकैदिन चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । राट्रिय प्रतिनिधि सभाअन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

आज बिहाबार कानुन न्याय तथा मानव अधिकार समितिको बैठक अहिले बिहान ८ बजे सिंहदरबारमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ। सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनसहित छलफल हुने समितिका सचिव अधिराज राईले जानकार दिएका छन्।

त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्दैछ। बिहान साढे ११ बजे शिक्षा समितिको बैठक बस्नेछ । बैठकमा विद्यालय शिक्षासम्बन्धी विधेयकमाथि सरोकारवालासँग छलफल हुनेछ।

आजै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको २२ औं बैठक बस्दैछ। छलफलका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीलाई बोलाइएको समितिले बताएको छ।

बिहीबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बस्दैछ।