भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष जेल सजाय

 काठमाडौँ - विशेष अदालतले पूर्वडीआईजी महेश विक्रम शाहलाई तीन वर्ष जेल सजाय सुनाएको छ । बुधबार विशेष अदालतले भ्रष्टाचार आरोपमा शाहलाई तीन वर्ष जेल सजाय सुनाएको हो । 

शाहलगायतविरुद्ध १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोमा उनलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ ।

११ पुसमा विशेष अदालतले शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । शाहसहित प्रहरीका पूर्वसई दीपेन्द्रप्रसाद पनेरुलाई क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत दोषी ठहर गरेको थियो ।