बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीमा सुनुवाइ सुरु

काठमाडौ । अनुयायीहरु बेपत्ता पारेकोदेखि यौन शोषणको आरोप लागेका ‘लीटील बुद्ध’ भनीने रामबहादुर बम्जनविरुद्ध सुनुवाई सुरु भएको छ ।

न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो।

बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । बम्जनलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बुढानिलकण्ठस्थित उनको घरबाट पक्राउ गरेको थियो।