क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने धनकुटा दीपेन्द्र राई पक्राउ

काठमाडौँ । क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने धनकुटा घर भई काठमाडौ बस्ने ३२ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।

जयराम भण्डारीलाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति एघार लाख रुपैयाँ लाग्ने भन्दै रकम ठगी गरेर सम्पर्क विहिन भएका थिए ।

राईले पीडितसँग पीडितबाट पटक पटक गरी जम्मा पाँच लाख रुपैयाँ रकम लिएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई बुधबार दिउँसो पक्राउ परेको जनाइएको छ ।