सात विश्वविद्यालयमा नयाँ नेतृत्व, उच्च शिक्षा सुधारमा केही होला ?

  • मङगलबार १८ कात्िक २०८३ ०७:३५ AM
काठमाडौँ। मुलुकको शिक्षा प्रणाली सुधार गरी प्रविधिमैत्री, व्यावहारिक र जीवनोपयोगी बनाउने मुख्य दायित्व शिक्षा तथा खेलकुद मन्त्रालयको हो। शिक्षासँगै खेलकुद क्षेत्रको विकास र विस्तारमा पनि मन्त्रालयको महत्त्वपूर्ण भूमिका छ। विशेषगरी उच्च शिक्षाको सुधारका लागि मन्त्रालयले लिने पहल र मार्गनिर्देशनअनुसार विश्वविद्यालयलाई विशिष्टीकृत बनाउने जिम्मेवारी विश्वविद्यालयका पदाधिकारीको काँधमा छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको नेतृत्वमा उच्च शिक्षा सुधारको जिम्मेवारी सम्हाल्ने सात विश्वविद्यालयका उपकुलपति नियुक्त भएका छन्। उनीहरूसामु विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने, अनुसन्धानलाई प्राथमिकता दिने र संस्थागत व्यवस्थापन प्रभावकारी बनाउने चुनौती छ। उच्च शिक्षा माध्यमिक तहपछि प्राप्त गरिने शिक्षा हो। देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन, जीवनोपयोगी सीप तथा ज्ञानको विकास र अनुसन्धान प्रवर्द्धनमा उच्च शिक्षाको महत्त्वपूर्ण भूमिका हुन्छ। त्यसैले उच्च शिक्षाको गुणस्तर कायम गर्न विश्वविद्यालयको नेतृत्व सक्षम हुनु आवश्यक छ। विश्वविद्यालयहरूले समयमै परीक्षाको नतिजा प्रकाशन गर्ने, शैक्षिक सत्र नियमित सञ्चालन गर्ने, भौतिक सम्पत्तिको संरक्षण र सदुपयोग गर्ने तथा शिक्षा र परीक्षा प्रणाली सुधार गर्ने विषयलाई प्राथमिकता दिनुपर्नेछ। सरकारले त्रिभुवन विश्वविद्यालयसहित सात विश्वविद्यालयमा उपकुलपतिलगायत पदाधिकारी नियुक्त गरिसकेको छ। नियुक्त पदाधिकारीले आ–आफ्नो जिम्मेवारी सम्हालेर काम सुरु गरेका छन्। उपकुलपति नियुक्तिका लागि ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ जारी गरिएको थियो। उपकुलपतिको नाम सिफारिस गर्न शिक्षामन्त्री तथा सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको थियो। उक्त समितिले विज्ञहरूको नेतृत्वमा उपसमिति गठन गरी छनोट प्रक्रिया अघि बढाएको थियो। त्रिभुवन विश्वविद्यालयमा भोला थापा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा