३ दिन नेप्सेको कारोबार प्रणाली बन्द हुने,सूचनामा के छ ?

काठमाण्डौँ - नेपाल स्टक एक्सचेन्जको कारोबार प्रणाली तीन दिनसम्म बन्द हुने भएको छ । नेप्सेले बुधबार एक सूचना जारी गर्दै नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द रहने जानकारी दिएको हो ।

विद्युत मर्मतसम्भारको पुस २६ गते बिहीबार साँझ ५ बजेदेखि पुस २८ गते शनिबार राति ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द रहने सूचनामा उल्लेख छ । साथै उसले उक्त अवधिमा पर्न सक्ने असुविधाका लागि क्षमायाचना गर्दै विद्युतीय प्रणाली अद्यावधिक गर्ने यो कार्यमा सबैको साथ र सहयोगको अपेक्षा राखेको पनि बताएको छ ।