आगो ताप्दै गर्दा जलेर सोहनी थारुको मृत्यु  

काठमाडौं । बर्दियामा आगो ताप्दै गर्दा सल्किएर एक महिलाको मृत्यु भएको छ ।

बुधबार बर्दिया राजापुर नगरपालिका–५ की ७५ वर्षीया सोहनी थारु घरको आगो तापीरहेको बेला ब्यांकेटमा आगो सल्केपछि घाइते भएकी थिइन् ।

घाइते भएकी  सोहनीको उपचारको क्रममा कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,बर्दियाले जनाएको छ ।