रुसी सेनामा कार्यरत थप एक नेपाली युवकको मृत्यु

काठमाडौँ । युक्रेनसँगको युद्धमा रुसी सेनाको तर्फबाट खटिएका एक नेपाली युवाको मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नं. ४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको हो ।

मृतक सोनुसँगै रहेका अहिले घाइते भएका एक नेपालीले उनको मृत्युको खबर दिएका हुन् । दुई वर्षदेखि कतारमा कार्यरत सोनु केही महिनाअघि उतैबाट रुस गएको सोही नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले बताएका छन् ।

उपमेयर बर्माले युक्रेन रुस युद्धमा मृत्यु भएको खबरले मर्माहत भएको भन्दै सुनारप्रति सामाजिक सञ्जाल मार्फत श्रदाञ्जली दिएका छन् ।