बम्जन पक्राउ परेपछि सिन्धुली आश्रम सुनसान, रातारात भागे अनुयायी

काठमाडौँ । अनुयायीहरु बेपत्ता पारेकोदेखि यौन शोषणको आरोप लागेका ‘लीटील बुद्ध’ भनीने रामबहादुर बम्जन पक्राउ परेपछि सिन्धुलीमा रहेको उनको आश्रम सुनसान बनेको छ ।

बम्जन पक्राउ परेपछि सिन्धुली आश्रममा रहेका अनुयायीहरुहरुले रातारात आश्रम छाडेको स्थानीयले बताएका छन् । यसअघि पटक पटक प्रहरी सिन्धुली आश्रममा खोजतलासी गरेको थियो ।

उनले सिन्धुलीको पहिरेमा वन क्षेत्र अतिक्रमण गरी करिब ४२ बिगाहा जमिनमा आश्रम स्थापना गरेका थिए । सो स्थानमा चिनिया शैलीको भवन बनाइएको आश्रम चारैतिर ठूला पर्खाल र काडेतारले घेरिएको छ ।

ठुलो क्षेत्रफलमा फैलिएको जमिन र कम्पाउन्डमा सुरक्षा फौजकै शैलीमा सेन्ट्री तैनाथ समेत राखिएको थियो भने आश्रमको बंगलामा जीम हलदेखि स्वीमिङ पुलसमेत रहेको छ ।

आफ्नै अनुयायीहरुको अपहरण, हत्या र यौन शोषण गरेको आरोपमा उनलाई प्रहरीले मंगलबार बुढानिलकन्ठस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।