प्रधानमन्त्री प्रचण्ड युगाण्डा जाने

काठमाडौँ । माघ ४ गतेदेखि ६ गतेसम्म हुने शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा जाने भएका छन् ।

युगान्डाको राजधानी कम्पालामा हुने लागेको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औं शिखर सम्मेलनमा भाग लिन प्रचण्ड युगान्डा जान लागेका हुन्।

माघ ४ गतेदेखि ६ गतेसम्म हुने शिखर सम्मेलनमा असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकमा भाग लिन परराष्ट्रमन्त्री एनपी साउद पनि युगान्डा जाने कार्यक्रम छ।

यो बैठक माघ ३ गतेदेखि ४ गतेसम्म हुनेछ। बैठकका लागि परराष्ट्र सचिव सेवा लम्साल  पनि जाने तयारी छ।