कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यतिबेला क्रिकेटको रोमाञ्च मात्र छैन, आठवटै टोलीका मस्कट (प्रतीक पात्र) पनि दर्शकको आकर्षणको केन्द्र बनेका छन् । मैदानमा दर्शकले खेलाडीको प्रहार र प्रदर्शनप्रति मात्रै ‘वाहवाही’ गर्दैनन् बरु मैदान भित्र र वाहिर घुमिरहने मस्कट हेरेर पनि आनन्द लिने गर्दछन् । मैदानमा खेलाडीको प्रदर्शन, चौका–छक्का र समर्थकको हुटिङसँगै विभिन्न जनावर तथा