चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले काठमाडौंका विभिन्न क्षेत्रमा तीन घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज बिहान ५ बजेदेखि ८ बजेसम्म चाबहिल सबस्टेसनबाट विद्युत् वितरण हुने क्षेत्रमा आपूर्ति बन्द रहने छ । विद्युत् आपूर्ति बन्द हुने क्षेत्रहरूमा चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरीलगायत आसपासका क्षेत्र रहेका