इजरायली हवाई आक्रमणमा थप ९० प्यालेस्टाइनीको मृत्यु

काठमाण्डौँ - गाजामा क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा परी थप ९० जनाको मृत्यु भएको छ । बुधबार इजरायलले गरेका दुई अलग–अलग हवाई आक्रमणमा थप ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

सिन्ह्वा समाचार एजेन्सीको रिपोर्टअनुसार गाजास्थित स्वास्थ्य मन्त्रालयले इजरायलले गाजाको केन्द्रमा रहेको आवासीय क्षेत्रमा बमबारी गरेको गरेको जनाएको छ । उक्त आक्रमणमा भौतिक क्षति हुनुका साथै ५८ जनाको मृत्यु भएको छ । भवन ध्वस्त भएको छ र ५८ जनाको मृत्यु भएको छ । धेरै मानिस आक्रमणमा परि कयौं घाइते भएका छन् ।