जिल्ला अदालत सर्लाहीमा बम्जनको मुद्दामा थुनछेक बहस सुरु  

कठामाडौं । यौन हिंसा, बलात्कार अभियोग लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनलाई विरुद्धको मुद्दामा जिल्ला अदालत सर्लाहीमा सुनुवाई सुरु भएको छ ।

न्यायाधीश विष्णु रेग्मीको ईजलासमा जिल्ला अदालत सर्लाहीमा बम्जनको बयान सकिएसँगै थुनछेक बहस भईरहेको छ । मंगलबार पक्राउ परेका बम्जनलाई केन्दीय अनुसन्धान व्यूरो सिआइबीले बुधबार सार्वजनिक गरेको थियो ।

जिल्ला अदालत, सर्लाहीबाट उनीविरूद्ध पक्राउ पुर्जी जारी भएकाले उनलाई सोही अदालतमा समक्ष प्रस्तुत गरिएको हो । हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।