विवाह लाइसेन्सको व्यवस्था गर्न आरजु राणाको माग

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन् । बिहीबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै सभापति राणाले यस्तो बताएकी हुन् ।

कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य गर्नकै लागि भएपनि विवाह पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नुपर्ने बताइन् ।

सभापति राणाले यसका लागि वडा तहदेखि कानूनी रुपमा नीति बनाउन आवश्यक रहेको उनको भनाइ छ । बालविवाह,महिला हिंसा,बलात्कार जस्ता विकृतिहरु रोक्नको लागि कानून नै एकमात्र विकल्प हुनसक्ने बताइन् ।