एनसेल शेयर खरिदबिक्री प्रकरण छानबिन समितिको म्याद थप 

काठमाडौँ - एनसेलको ८० प्रतिशत शेयर खरिदबिक्री प्रकरण छानबिन गर्न बनेको उच्च स्तरीय छानबिन समितिको म्याद थप गरिएको छ ।
मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले एक महिनाको अवधिमा कुनै प्रगति नभएपछि उक्त समितिको म्याद थप गरेको हो । हिजो समितिको एक महिना अवधि पुरा भएको छ ।

यो अवधिमा एनसेल शेयर खरिद बिक्रीको कुनै कागजात उपलब्ध नभएपछि पुनः समय थप गरिएको हो ।