बलात्कार मुद्दाका फरार प्रतिवादी पक्राउ  

काठमाडौँ । बलात्कार मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् । सप्तरीको राजविराज घर भएर स्यूचाटार बस्ने अनिरुद्ध यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले बताए । 

आरोपी विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा बलात्कार मुद्दा दर्ता भएको छ । मुद्दा दर्ता भएपछि उनी फरार थिए ।आरोपी विरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी ढुंगेलले जानकारी दिए ।